प्रधानन्यायाधीश जबरालाई कोरोना संक्रमण, एपीएफ अस्पताल भर्ना


न्युज अफ नेपाल, काठमाडौँ ।

प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबरालाई कोरोना संक्रमण पुष्टि भएको छ। आज सोमबार बिहान स्वाब परीक्षण गर्दा प्रधान न्यायाधीश जबरालाई कोरोना संक्रमण पुष्टि भएको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले बताए ।

हाल उनलाई बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा भर्ना गरिएको छ। दाहालका अनुसार हप्ता दिनदेखि प्रधानन्यायाधीश जबरा अस्वस्थ थिए।

अस्वस्थ रहेकाले प्रधानन्यायाधीश शुक्रबारअघि केही दिन सर्वोच्च आएका थिएनन् । आइतबार उनी अदालत आएका थिए।बलम्बुस्थित एपीएफ अस्पतालका प्रमुख डा. रूपक महर्जनले राणा सोमबार साँझ भर्ना भएको उनको उपचार सुरू गरिएको बताए ।