राखेप सदस्य सचिवमा घिसिङ नियुक्त


न्युज अफ नेपाल, काठमाडौं ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य सचिवमा टंकलाल घिसिङ नियुक्त भएका छन् । सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई सदस्य सचिवमा नियुक्त गर्ने निर्णय हो ।

खेलकुद मन्त्री महेश्वर गहतराजले घिसिङसहित अच्युतम लामिछाने र ममता श्रेष्ठको नाम मन्त्रिपरिषद्‌मा पेस गरेका थिए । घिसिङ नेपाल रग्वी संघको अध्यक्ष हुन् ।  उनी नेकपा माओवादी केन्द्र बागमती प्रदेशको सचिवालय सदस्यसमेत हुन् ।