बच्चा जन्माउन विधायिका साइकल चढेर अस्पताल पुगिन्


अकल्यान्ड,(एजेन्सी) । 

न्युजिल्यान्डका विधायिका जुली एन्ने गेनटर बच्चा जन्माउन आफैं साइकल चलाएर अस्पताल पुगेको खबरले विश्वलाई नै रोमान्चित तुल्याएको छ । त्यसरी अस्पताल पुगेको एक घन्टापछि नैउनले एक स्वस्थ बच्चालाई जन्मदिएकी थिइन् । उनले आफ्नो फेसबुकमार्फत जनाएकी छन् – ‘वास्तवमा साइकल चढेर नै त्यसरी अस्पताल पुग्ने मेरो योजना थिएन, तर त्यस्तै अवस्था आइप-यो ।

ग्रिन पार्टीका प्रवक्तासमेत रहेकी उनको यस प्रकारको यातायात साधनको प्रयोग यो पहिलोपटक भने होइन । तीनवर्षअघि आफूमन्त्री रहेकाबेलापनिउनले यसरी नै साइकलयात्रा गरेकीथिइन् । एकचालिस वर्षीया तथा अमेरिकामा जन्मेकी गेन्टर स्पष्ट वक्ता र साइक्लिङका कटर पक्षधर मानिन्छन् । सन् २०१८ को जुनमा न्युजिल्यान्डका प्रधानमन्त्रीजासिन्दा आर्डेन कार्यकालअवस्थामै बच्चाजन्माउने विश्वका दोस्रो नेतृ बनेकी थिइन् ।