कोइलाखानी दुर्घटनामा ५१ जनाको मृत्यु


मस्को,(एजेन्सी) । 

रसियामाभएको एक दशककै सबैभन्दा डरलाग्दो कोइलाखानी दुर्घटनामा ५१ जनामानिसले अकालमै ज्यानगुमाउनपुगेकाछन् । यस दुर्घटनाको कारण साइवेरियाको केमेरोभो क्षेत्रमातीनदिनलामो शोक दिवसको घोषणा गरिएको छ । मारिनेमध्ये पाँचजना उद्धारकर्मी समेत परेका छन् ।

जिवितै फेला परेकाएकजना उद्धारकर्मीको भने चिन्ताजनकअवस्थामाअस्पतालमाउपचार भइरहेको छ । बिहिबार लिस्तभ्याझ्नाया कोइलाखानीको भेन्टिलेसन पाइपमा रहेको कोइलाको धुलोमा अचानकआगलागीहुँदा ठूलो विस्फोट भएको थियो । त्यहाँ हराइरहेकादर्जनांै खानीमजदुरहरूको खोजीमाजानेक्रममा उद्धारकर्मीहरू निस्सासिएकाथिए ।

राजधानीमस्कोदेखि करिब ३ हजार ५ सय किमि टाढाको सो खानीमाबिहान सबेरै दुर्घटना हुँदात्यहाँकरिब २ सय ८७जनामानिस रहेका थिए । अधिकांश खानीबाट बाहिरिन सफलभएपनिधुँवानिलेर बेहोश अवस्थामापुगेका ४९ जनालाई अस्पतालमा पु-याइएको थियो । दस दिनअघि पनित्यहाँआगलागीभएपनि सतर्कतानअपनाइएकोमा पीडित परिवारहरूले आक्रोशव्यक्त गरेका छन् ।

रूसीआपतकालीनमामिलामन्त्रालयले भाग्यले बच्ने उद्धारकर्ताको नामअलेकजान्दर जाक्रोभ्रियासिनभएको जनाएको छ । यस खानीमाभएको यो दुर्घटना पहलो होइन । सन् २००४ मा यहाँमिथेन ग्यास विस्फोटन हुँदा १३ जनामानिसको ज्यानगएको थियो । सरकारले सन् २०१६ मा मुलुकका ५८ वटा कोइलाखानीको गम्भीर रूपमाअनुगमन गरेपछि ३४ प्रतिशतखानीको सुरक्षाव्यवस्थानाजुक रहेको घोषणा गरेको थियो ।