नयाँभेरियन्ट ओमिक्रोनबारे डब्ल्युएचओको आपतकालीन बैठक

खोपलगाउनेहरूलाई पनिहानी पु-याउन सक्ने !


न्युयोर्क,(एजेन्सी) । 

विश्व स्वास्थ्य संगठन (डडब्ल्यूएचओ ) का वैज्ञानिक विशेषज्ञहरूले दक्षिण अफ्रिकामा हालै फेला परेको नयाँ कोरोना भाइरस भेरियन्ट चिन्ताको विषय भएको चेतावनीदिएका छन् ।

दक्षिण अफ्रिकामा फेला परेको ओमिक्रोन नामक सो नयाँ भेरियन्टका कारण पूरै विश्व नै अहिले सन्त्रस्तअवस्थामा रहेको छ । यसै विषयलाई लिएर डब्ल्यूएचओको आपतकालीन बैठक बसेको थियो । तत्काल फैलिने , गम्भीर बिरामी पार्ने वाखोप वाउपचारको प्रभावलाई घटाउने खालका खतरनाक भेरियन्टहरूबारे सो बैठक बसेको थियो । यस्तो खालको पछिल्लो कोरोना भाइरसको भेरियन्टको नाम डेल्टा थियो । डेल्टा भेरियन्टले संयुक्त राज्य अ‍ेमरिकामा केही महिना पहिले तहल्कै मच्चाएको थियो ।

डब्लयूएच ओले नयाँ संस्करणको ओमिक्रोन नामक भेरियन्टले थुप्रै जेनेटिक म्युटेसन्स बोक्ने गरेकाले यो छिट्टै संक्रमण हुने र सम्भवतः यसले पूरै खोप लगाइसकेका मानिसहरूलाई पनि नछाड्ने जनाएको छ । स्वतन्त्र वैज्ञानिकहरूको समूहले ओमिक्रोनमा थितत्काल ध्यान दिनु जरुरी भएको र यसको खतराको स्तर निर्धारण गर्न धेरै अनुसन्धान गरिनुपर्ने बताएका छन् । तर, अहिले नै यसले पनि डेल्टा भेरियन्टले जस्तैचिन्ता बढाएको बताइएको छ ।

हर्वार्ड टी. एच. चान स्कुलअफ पब्लिक हेल्थका जनस्वास्थ्य अनुसन्धानकर्ता विलियम ह्यानेज र अन्य अनुसन्धान कर्ताहरूले ओमिक्रोन पनिनिकै नै खतरनाक सावित हुन सक्ने तथा यसले खोपको प्रभाव कारितालाई कुन हदसम्म कम गर्न सक्छ भन्ने वास्तविकता थाहा पाउन थप अध्ययन तथा अनुसन्धान गर्न बाँकी नै रहेको बताएका छन् ।

पहिलो अल्फा भेरियन्ट सन् २०२० मा बेलायतमा देखापरेको थियो । त्यसपछि अर्को भेरियन्ट विटा दक्षिण अफ्रिकामा भेटिएको थियो । त्यसैगरी यस पछल्लो भेरियन्ट ओमिक्रोन पहिलोपटक वोत्स्वानामा फेला परेको हो ।त्यसैगरी दक्षिण अफ्रिका पुगेर आएका १३ जना नेदरल्यान्डसका नागरिकमा आइतबार ओमिक्रोन पोजेटिभ पाइएको छ । अस्ट्रेलियामा पनि दुईजना ओमिक्रोन पोजेटिभ भेटिएका छन् । अमेरिका र युरोपका धेरै मुलुकले यसअघि नै ओमिक्रोनलाई लिएर संक्रमित क्षेत्रबाट आउने हवाई उडानमा प्रतिबन्ध लगाइ सकेका छन् ।