काँग्रेस ललितपुर सभापतिमा श्रेष्ठ विजयी


न्युज अफ नेपाल, ललितपुर ।

नेपाली काँग्रेस ललितपुर जिल्ला सभापतिमा जितेन्द्रकुमार मलेकु, श्रेष्ठ निर्वाचित हुनुभएको छ । आइतबार भएको दोस्रो चरणको निर्वाचनमा ६ सय ६५ मत ल्याएर श्रेष्ठ विजयी हुनुभएको हो । उहाँका निकत्तम प्रतिद्वन्द्वी रामकृष्ण चित्रकारले ६ सय ५३ मत ल्याउनुभएको थियो ।१ हजार ३ सय २१ मत खसेकोमा ३ मत बदर भएको थियो ।

शनिबार श्रेष्ठ, चित्रकार र मीनकृष्ण महर्जनबीच भएको प्रतिस्पर्धामा क्रमशः ४ सय ८२, ५ सय ४ र ३ सय ३६ मत आएको थियो।कूल खसेको मत मध्ये कसैले पनि ५१ प्रतिशत मत नल्याएपछि पुनः मतदानको भएको थियो।नेपाली काँग्रेसको विधानमा दुई जना भन्दा बढी उम्मेदवार भएमा र कूल खसेको मतको ५१ प्रतिशत नल्याएमा पहिलो र दोस्रो हुनेबीच पुनः निर्वाचन प्रावधान छ ।

पहिलो चरणबाट बाहिरिएपछि महर्जनले श्रेष्ठसँग भएको सहमति उल्लङ्घन गरी चित्रकारलाई सघाउनुभएको थियो । पूर्व अर्थराज्यमन्त्री उदयशम्शेर राणाले भने आफ्नो पूर्व सहमति अनुरुप श्रेष्ठ सघाउनुभएको थियो । चित्रकारलाई वर्तमान सभापति मदनबहादुर अमात्यले साथ दिनुभएको थियो ।

विजयी श्रेष्ठ १३ औं महाधिवेशनमा जिल्ला सभापतिका निकत्तम प्रतिद्वन्द्वी हुनुहुन्थ्यो र १० औं महाधिवेशनदेखि महासमितिको सदस्य रहँदै आउनुभएको छ।  श्रेष्ठले पार्टीलाई विधि पद्धति अनुकूल दोह¥याउँदै आन्तरिक लोकतन्त्रको अभ्यासलाई बलियो बनाउने, कार्यकताको पीरमर्का बुझ्ने र आगामी निर्वाचनमा पार्टीलाई विजयी गराउन दत्तचित्त भएर लाग्ने कार्यमा आफ्नो ध्यान केन्द्रित गर्ने बताउनुभयो ।अरू पदाधिकारीको मतगणना भइरहेको छ ।