अध्यक्षको निर्णय नै अन्तिम हुन्छ : पृथ्वीसुब्बा गुरुङ 


न्युज अफ नेपाल, सौराहा ।

एमाले नेता पृथ्वीसुब्बा गुरुङले एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्णय नै अन्तिम हुने बताएका छन् । एमाले दसौँ राष्ट्रिय महाधिवेशनबाट नेतृत्व चयन प्रक्रिया चलिरहेको छ ।  पार्टीमा नयाँ पदाधिकारी टुंगो लगाउने जिम्मा अध्यक्ष केपी शर्मा ओलीलाई दिइएको छ ।

सो सन्दर्भमा सन्दर्भमा गुरुङको यस्तो प्रतिक्रिया आएको हो । सौराहास्थित पार्क सफारीमा ओलीसँग छलफल गरेर निस्केपछि गुरुङले भने, ‘हिजैको बन्दसत्रमा सहमति जुटिसकेको छ । अध्यक्ष कमरेडले जे भन्नुहुन्छ त्यही हुन्छ भनेर । त्यही भएर त हो नि उहाँलाई चुन्ने जिम्मेवारी दिए को ।’