ललित सिंह, चैनपुर ।
बझाङका स्थानीय सरकारहरूले महिला हिंसा विरुद्धको १६ दिने जनचेतना मुलक अभियान नचलाएको भन्दै महिलाहरूले दुखेसो गरेकी छन् । मंसिर ९ गते अन्तराष्ट्रिय महिला हिंसा अन्त्य दिवस परेको थियो यसै दिनबाट महिला हिंसा विरुद्धको १६ दिने अभियान पनि दशैभर विभिन्न कार्यक्रम गरेर मानाइदै छ । बझाङमा भने स्थानीय सरकार तथा कुनै संघ सगंठनहरुले कार्यक्रमको आयोजना गरेको देखिँदैन ।
अरुबेलामा चुपाचाप बस्ने तर दिबसको अवसर पारेर मात्र महिला हिंसा सम्बन्धी जनचेतना मूलक कार्यक्रम गरिन्थ्यो भने बझाङमा यो वर्ष कार्यक्रम समेत गरिएको छैन । स्थानीय सरकार , महिला अधिकार मञ्च र जिल्ला प्रशासन कार्यालयको आपसी समन्वय नहुँदा कार्यक्रम नभएको महिला अधिकार मञ्चकी अध्यक्ष जयन्ती जोशीले बताइन् । उनले भनिन् बझाङको परीपेक्षमा हेर्ने हो भने अझै पनि अघिकांस बझाङी महिलाहरू घरेलु हिंसा भोग्न बाध्य भएकी छन् । महिला पुरुष भन्दा दोस्रो र्दजाको हो भन्ने मानसिकता अझै यहाँका पुरुष तथा बृद्धबृद्धाहरुमा कायमै रहेको पाइन्छ । घरपरिवार समाजले हेर्ने दृष्टिकोण निकै साँघुरो रहेको छ । बझाङको गाउँघरमा अझै पनी गरिबिका कारण छोरीलाई पढन लेखन नगराएको अवस्था छ । कतिपय छोरी ,चेली, महिलाहरू उच्च शिक्षा हासिल गर्न बाट वञ्चित भएका छन् ।
यो एक्काइसौँ शताब्दीमा आएर पनि थुप्रै छोरीचेलीहरु घरको भान्सा , घास दाउरा , गोठ पाता लेक बेसी गर्दै ठिक्क हुने गरेका छन् । उनीहरूको पढ्न पाउने ,लेख्न पाउने अधिकारको हन्न भएको महिला अधिकार मञ्चकी अध्यक्ष तथा समाजसेवी महिला नेतृ जयन्ती जोशीले बताएकी छन् । बझाङको सन्दर्भमा हेर्ने हो भने महिला हिंसा हुनुको मुख्य कारण , अशिक्षा, जनचेतनाको कमी ,रुढी बादी परम्परा ,गरिबी , पुरुषवादी सोच , लगायताका कुराहरु हुन् । यि सबै कारणहरुले गर्दा समाजमा व्यापक रुपमा महिला हिंसा भइरहेको छ । जिल्लाको माथिल्लो बेल्टहरूमा छोरी तथा महिला दिदीबहिनीहरूलाई नपढाउने चलन रहेको छ ।
आर्थिक रुपमा तथा राजनीतिक रुपमा पीडित छन् । स्थानीय सरकार तथा केन्द्रीय सरकारले ३० प्रतिशत अधिकार दिएको भएता पनि कुनै किसिमको महिला लक्षित कार्यक्रम योजना नल्याएको महिलाहरूको दुखेसो रहेको छ । जय पृथ्वी नगरपालिका वडा नंम्बर १० की जानकी नेपालीले आफू र्हुकीएदेखी अहिले सम्म समाजमा थुप्रै महिला हिंसा देख्दै आएको कारण विवाह नगरी बसेको बताइन् । महिलाहरूले उचित शिक्षा नपाउँदा घरको चुलो चौको र घाँसपात गदै जीवन बिताई रहेकी छन् । व्यापक बेरोजगारीका कारण गाउँघरका पुरुषहरु कुलत तर्फ लागी मद्यपान , खैनी , चुरोट ,रक्सी लगायत अन्य किसिमका लागु पर्दाथ सेवन गर्नाले घरेलु हिंसालाई बढवा दिरहेको छ ।
महिला हिंसा बढेको कारण समाजमा कतिपय महिलाहरू आत्महत्या गर्न बाध्य भएका छन् । आफूमाथि भएको हिंसा कसैसामु खुलेर पोख्न नसक्दा र न्याय पाउने आशा नहुँदा महिलाहरू आत्म हत्या गर्न बाध्य भएका हुन् । आधुनिक जमानाको मोबाइलका कारण पनि ८ ,९ कक्षामा पढ्ने उमेर नपुगेका बालबालिकाहरू बालविवाहको सिकार बन्दै गएको अधिकारक्रर्मी जयन्ती जोशीले बताइन् ।यस्ता महिला हिंसा विरुद्ध महिला अधिकार मञ्चले भने बालविवाह, छाउपडी प्रथा , बहुविवाह , जारी प्रथा जस्ता कुरीतिहरू भैरेको छ भने यस्ता कुप्रथाहरूलाई आफू र आफ्नो सङ्गठन रोक्दै आएको बताइन् ।
स्थानीय सरकारले भने यो विषयमा ध्यान दिएजस्तो मात्र गर्ने तर प्रभाकारी ढंगले काम नगरेको देखिएको छ । बझाङ जिल्लामा गएको बैशाख यता महिला हिंसासम्बन्धी विभिन्न घटनाहरूका मुद्दाहरु तथा निबेदन र्दता भएका छन् । जसमध्य जबरजस्ती करणी ६ वटा , जबरजस्तीकरणी उघोग ६ वटा , र्कतब्य ज्यान २ वटा , बलबिबहा १ वटा , बहुबीबहा ३ ओटा , घरेलु हीसां सम्बन्धी ठाडो उजुरी १८६ वटा लगायतका उजुरीहरु गरेको जिल्ला प्रहरी कार्यलय महिला सेलमा कार्यरत प्रहरीजावान पार्वतीले अवस्थले बताएकी छन् । उनले भनिन् जिल्ला प्रहरी कार्यालयको आयोजनामा बझाङ बासीहरूलाई विभिन्न स्थानहरूमा गई जनचेतनामूलक कार्यक्रमहरू गदै जनचेतना जगाउँदै आएको बताइन् ।
प्रतिक्रिया