दक्षिण अफ्रिकाबाट भारत आएका २ जनामा कोरोना पुष्टि , नेपालमा नयाँ भेरियन्टको त्रास


न्युज अफ नेपाल, काठमाडौं ।

दक्षिण अफ्रिकाबाट शुक्रबार भारत आएका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  भारतीय समाचार संस्था जी न्युजका अनुसार उनीहरूलाई कोरोना संक्रमण देखिए लगत्तै आइसोलेसनमा राखिएको छ ।

यद्यपि पछिल्लो पटक साउथ अफ्रिकामा फैलिरहेको कोरोनाको नयाँ भेरियन्ट हो कि होइन भन्नेबारे पुष्टि भएको छैन । यसबारे थप परीक्षणपछि मात्रै स्पष्ट हुने अधिकारीहरू बताउँछन् । शुक्रबार मात्र दक्षिण अफ्रिकाबाट भारत आएका ९४ जनामध्ये २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

विश्व स्वास्थ्य संगठनले साउथ अफ्रिकाबाट कोरोना भाइरसको नयाँ भेरियन्ट फैलिएको भन्दै सतर्क रहन आग्रह गरेको छ । भारतमा पछिल्लो पटक दक्षिण अफ्रिकाबाट फर्केकाहरुमा  कोरोना पुष्टि भएसँगै नेपालमा पनि यसको जोखिम बढ्ने जानकारहरू बताउँछन् ।