सरकारले कूटनीतिक सम्बन्ध बिगार्‍यो : अध्यक्ष ओली


न्युज अफ नेपाल, काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले कूटनीतिक सम्बन्ध बिगारेको बताएका छन् । शनिबार सौराहामा जारी पार्टीको दशौं महाधिवेशनको बन्द सत्रलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।

उनले भने, ‘५ दलीय भन्छन्, यो सरकारले विदेशी मित्रवत् सम्बन्ध बिगार्‍यो । एमालेले सुरु गरेको राम्रा कामहरूलाई छोडेको सरकारले कमसेकम एमालेले सुधारेको सम्बन्ध नबिगारे हुन्थ्यो ।’ यस्तै ओली अहिलेको सरकार धेरै नटिक्ने समेत दाबी गरेका छन् ।