‘मेरो जिन्दगीको टुंगो छैन, तर तपाईंहरुलाई हेरेर ढुक्कले निदाउन सक्छु’


न्युज अफ नेपाल, काठमाडौं । 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कार्यकर्ताहरुबीच आफ्नो जिन्दगीको कुनै टुंगो नरहेको बताएका छन् ।
उनले आफू पटकपटक अस्वस्थ हुँदै आएकाले कति जिन्दगीको टुंगो नभएको बताए । उनले घुमाउरो शैलीमा यस पटक अध्यक्षमा आफू नै हुने भन्दै भावनात्मक समर्थन बटुल्न खोजेका छन् ।

उनले भने, ‘यसै पनि मानिसको जिन्दगीको टुंगो हुँदैन । म त झन् धेरै पटक मरेर बाँचेको हुँ । धेरै पटक अपरेसन गरेको शरीर हो । त्यसैले कति बाँच्छु थाहा छैन । तर मलाई मिठो निद्रा लाग्छ, खाना रुच्छ, जब तपाईँहरू अगाडि देख्छु । तपाईँहरूको हातमा देशको भविष्य सुरक्षित देख्छु । आन्दोलनको भविष्य सुरक्षित देख्छु । समृद्धिको यात्रा सुरक्षित देख्छु, त्यसैले ढुक्क भएर सुत्न सक्छु ।’ यस्तै उनले एमाले आज देशको सबैभन्दा ठूलो र निर्णायक पार्टीका रूपमा रहेको उनले बताए ।