पार्टीमा प्रतिस्पर्धा होइन, एकता र मूल्यांकन हुन्छ : अध्यक्ष ओली


न्युज अफ नेपाल, काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा प्रतिस्पर्धा नभई एकता र मूल्यांकन मूख्य कुरा रहेको बताएका छन् ।

शनिबार पार्टीको दशौं महाधिवेशनको बन्द सत्रलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीमा प्रतिस्पर्धा गर्न चाहनेलाई प्रतिस्पर्धा होइन एकता र मूल्यांकन प्रमुख कुरा रहेको बताए ।

ओलीले पार्टीभित्र प्रतिस्पर्धा होइन सहमतिका साथ अघि बढ्नु नै आन्तरिक लोकतन्त्र भएको बताए । पार्टीलाई प्रतिस्पर्धा नभई एकताबद्ध गराएर लैजानुपर्ने र यसले पार्टीभित्र अरू पार्टीसँग लड्न बल प्राप्त हुने बताए ।