परिवार नियोजन संघका केन्द्रीय सभापतिलाई काभ्रेमा स्वागत

‘एक वर्ष भित्र संघ सुधार हुन्छ’ : सभापति हिमाल


मोतीराम तिमल्सिना, काभ्रे ।

नेपाल परिवार नियोजन संघ काभ्रे शाखाले भर्खरै सम्पन्न केन्द्रीय महाधिवेशनबाट निर्वाचित सभापति हिमाल कसजु तथा जिल्ला शाखाको प्रतिनिधित्व गर्दै केन्द्रीय सदस्य पदमा निर्वाचित शाखा कोषाध्यक्ष इन्द्रलक्ष्मी श्रेष्ठलाई स्वागत तथा बधाई शुभकामना व्यक्त गरेको छ ।

एक कार्यक्रमको आयोजना गरी शाखाले सदस्य लम्बोदर कायस्थ सुस्त मनस्थिति कल्याण संघको केन्द्रीय अध्यक्षमा निर्वाचित भएकोमा पनि बधाई र शुभकामना व्यक्त गरेको सभापति शुभराज जोशीले बताउनु भयो । सम्मान तथा स्वागत कार्यक्रममा बोल्दै केन्द्रीय सभापति हिमाल कसजुले नेपालका सामाजिक संघ संस्थाहरू पछिल्लो अवस्थामा कमजोर बन्दै गएको बताउँदै परिवार नियोजन संघको विगतका केही गतिविधिका कारण दाताहरूले समेत एक वर्षे शुद्धीकरणको अवसर उपलब्ध गराएको बताउनु भयो ।

‘हामीले एक वर्ष भित्रै परिवार नियोजन संघको केन्द्र, प्रदेश र जिल्ला शाखाहरूको संरचनालाई सुधार गर्न जरुरी छ’– सभापति कसजुले भन्नुभयो–‘एक वर्ष भित्र संस्थाला ई रिर्फम गर्न सकिएन भने दाताहरूले उपलब्ध गराउने अनुदान रकम बन्द हुनेछ ।’ परिवार नियोजन संघलाई दाताहरूले झण्डै ५० करोड वार्षिक रकम उपलब्ध गराउँदै आएका छन् ।

नेपालमा सरकारले परिवार नियोजनको सेवा सुरु नगर्दा ६० वर्ष अघि परिवार नियोजन संघ मार्फत सेवा उपलब्ध गराउन सुरु गरेको संस्था पछिल्लो समय धरासयी बन्दै गएको सभापति कसजुले बताउनु भयो । विषम परिस्थितिका बाबजुत पनि संस्थालाई पहिलाकै अवस्थामा पु¥याउन, नागरिकहरूलाई गुणस्तरीय सेवा उपलब्ध गराउँदै आफै सक्षम र आत्मनिर्भर बन्न योजना सहितको कार्यक्रम तय गर्ने सभापति कसजुले बताउनु भयो ।

‘सुशासन कायम गर्ने, आत्मनिर्भर बन्ने र व्यवस्थापनमा समेत सुधार गर्ने योजनामा छौँ’– सभापति कसजुले भन्नुभयो । परिवार नियोजन संघका २८ वटा शाखामा ३ सय भन्दा धेरै कर्मचारी र १३ हजार भन्दा धेरै स्वयंसेवक सहभागी छन् । २० वटा शाखाका आफ्नै जग्गा र पूर्वाधार निर्माण छन् । २०११ देखि नेपालमा रहेको परिवार नियोजन संघ खतराको सूचीमा पर्न सुरु गरेको छ ।

स्वागत तथा सम्मान कार्यक्रममा पूर्व केन्द्रीय सदस्य तथा नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य सुरकृष्ण वैद्यले परिवार नियोजन संघका कार्यक्रमलाई विस्तार गर्न जरुरी रहेको बताउनु भयो । सुस्त मनस्थिति कल्याण संघका अध्यक्ष लम्बोदर कायस्थले परिवार नियोजन संघले प्रदान गर्ने सेवालाई फराकिलो बनाउँदै सबै नागरिकहरूको पहुँचमा पु¥याउन थप योजना बनाउनु पर्ने बताउनु भयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिना, परिवार नियोजन संघका पूर्व सचिव प्रकाश कायस्थ, प्रबन्धक रमेश श्रेष्ठ लगायतले शुभकामना दिँदै विपदमा समेत सेवा प्रदान गरेको परिवार नियोजन संघलाई अझै सशक्त बनाउन जरुरी रहेको बताउनु भयो । शाखा सभापति शुभराज जोशीले परिवार नियोजन संघले प्राप्त कार्यक्रमलाई ग्रामिण भेगसम्म पु¥याउने बताउनु भयो ।