शनिबार थप २१३ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु


न्युज अफ नेपाल, काठमाडौं ।

मुलुकभर पछिल्लो २४ घण्टामा २१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६६३२ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा २१३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ४९०७ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा १९७ जना र १ हजार ७२५ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ९ लाख १६ हजार १९२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३२५ जना कोरोनामुक्त भए, ३ को मृत्यु

कोरोना भाइरस ९कोभिड–१९०को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ३२५ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ८ लाख २ हजार ४७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ६ हजार ६३२ जनाको परीक्षण हुँदा हालसम्म कुल ५३ लाख ३० हजार ०९९ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ । यसैगरी पछिल्लो २४ घण्टामा थप ३ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५२१ पुगेको छ ।