धरानबाट आफ्नो लागि


धरानका गायक रविन श्रेष्ठले आफ्नो नयाँ गीत आफ्नो लागि म्युजिक भिडियोसहित रिलिज गरेका छन्।

कोरियोग्राफर तथा मोडल प्रियारानी लामाको मुख्य भूमिका रहेको गीतको म्युजिक भिडियो सृष्टि राईको निर्देशनमा तयार भएको छ। समस्टी राईको कला निर्देशन, समन महर्जनको छायांकन र अभि साम्पाङ राईको सम्पादन, र कलर रहेको छ।

गायक श्रेष्ठकै रचना रहेको गीतमा संगीत रोशन शर्माको छ भने सुरज विश्वकर्माको संगीत संयोजन रहेको छ।