फागुन १३ मा आउने भयो प्रेमगीत–३


गत २०७६ साल चैत २८ का लागि रिलिज डेट तोएि पनि कोरोना महामारीका कारण रोकिएको फिल्म प्रेमगीत–३ अब भने चाँडै रिलिजमा आउने भएको छ। अब यो फिल्म नेपालभरिका हलहरूमा आगामी फागुन १३ गते रिलिज हुनेछ।

फिल्मका निर्माता निर्देशक सन्तोष सेनले फिल्म हिन्दी भाषामा समेत रिलिज हुने फिल्म शुरूमा नेपालमा रिलिज हुनेछ। ‘फिल्म हिन्दी भाषामा पनि रिलिज हुनेछ। बलिउड टिमसँग हिन्दी भाषाको प्रेमगीत–३ रिलिजबारे छलफल भइरहेकाले हामीले शुरूमा नेपालभरिका हलमा प्रदर्शन गर्ने निर्णय गरेका हौँ’ निर्माता निर्देशक सेनको भनाइ छ– ‘कोरोना महामारीको चोटलाई बिर्सिएर हामीले अब फिल्मको माहोल सिर्जना गर्नुपर्छ। त्यसैले, पनि यो फिल्म आगामी फागुन १३ गते रिलिज गर्न लागेका हौँ।’

दर्शकसँगै फिल्मकर्मीले समेत प्रतीक्षा गरिरहेको तथा बिकाउ फिल्मका रूपमा हेरिएको प्रेमगीत–३ मा प्रदीप खड्का, कृष्टिना गुरुङ, शिव श्रेष्ठ, सुनील थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनीष राउत, पुष्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योेगिशा खत्री, समृद्धि शाही ठकुरी, कृजन गौतम, जीवन बराल, जीवन भट्टराई, लक्ष्मी बर्देवा, सुजल बस्नेत, राज थापालगायतका कलाकारले अभिनय गरेका छन्।
आशुसेन फिल्मस् प्रोडक्सनको ब्यानरमा निर्मित फिल्ममा लेखन छेतेन गुरुङ र मन्दीप गौतम, गीत हर्क साउद र राजेशकुमार श्रेष्ठ, संगीत कल्याण सिंह र एलिस कार्की, कोरियोग्राफी कविराज गहतराज, द्वन्द्व हिमाल केसी र सम्पादन बनिश शाहको रहेको छ।