एमाले केन्द्रीय कमिटी बैठक बस्दै


भरतपुर ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रिय कमिटी बैठक चितवनको सौराहामा सुरु हुँदैछ । १०औँ राष्ट्रिय महाधिवेशनको बन्द सत्र स्थल सौराहामा एमालेको वर्तमान कमिटिको अन्तिम बैठक बस्न लागेको हो । ८ बजेदेखि सुरु हुने भनिएको बैठक महाधिवेशनको उद्घाटन समारोहमा आएका सवारी साधनले भएको जामका कारण केही ढिला हुने भएको छ ।

बैठकमा स्थायी कमिटीले प्रस्ताव गरे अनुरुप बन्दसत्रमा पेस हुने कार्र्यक्रमलाई अनुमोदन गर्ने एमाले सचिव तथा प्रवक्ता प्रदिप ज्ञवालीले जानकारी दिनुभयो । उहाँकाअनुसार बैठकले महाधिवेशनको बन्दसत्रमा विधानका केही बुँदा संशोधनको लागि प्रस्ताव समेत गर्नेछ ।

महाधिवेशनको उद्घाटन समारोहमा सहभागी प्रधानमन्त्री, विभिन्न दलका नेता र कार्यकर्तालाई धन्यवाद ज्ञापन बैठकबाट गरिने ज्ञवालीले बताउनुभयो । नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशन आजदेखि चितवनमा सुरु भएको छ ।