नर्सिङ कलेज सञ्चालनबारे शिक्षामन्त्री पौडेलको ध्यानाकर्षण


पुष्कर बुढाथोकी, भक्तपुर ।

 शिक्षामन्त्री देवेन्द्र पौडेलसँग नेपाल मजदुर किसान पार्टीका सचिव एवम् संघीय सांसद प्रेम सुवालको नेतृत्वमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलगायत प्रतिनिधि मण्डलले भेट गरेको छ । आज मन्त्रालयमा भएको भेटमा सांसद सुवालले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट प्रकाशित स्टाफ नर्स विषयको भर्ना आवेदन फाराम भर्ने सम्बन्धी सूचनामा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप बहुप्राविधिक अध्ययन संस्थानको नाम छुट भएको विषयमा ध्यानाकर्षण गराउनुभयो ।

उहाँले ख्वप विश्वविद्यालयको विधेयक सदनमा अगाडि बढाउन पनि माग गर्नुभयो । सो अवसरमा शिक्षामन्त्री  पौडेलले ‘चिकित्सा शिक्षा ऐनमा आफ्नै सय बेडको अस्पताल हुने शिक्षण संस्थाले  नर्सिङको पठनपाठन गर्न पाउने’ व्यवस्था भएकोले मन्त्रालयले यस्तो निर्णय गर्नु परेको बताउनुभयो । उहाँले माग जायज भए पनि ऐनको प्रावधानले गर्दा गाह्रो भएको बताउनुभयो ।