जनताको आवश्यकता हेरेर संविधान संशोधन हुन्छ : अध्यक्ष ओली


न्युज अफ नेपाल, काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली जनताको आवश्यकता हेरेर संविधान संशोधन गर्न सकिने बताएका छन् । शुक्रबार चितवनमा एमालेको दसौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।

उनले नेपालमा कुनै पनि पृथकतावादी समूह नभएको पनि बताएका छन् ।