अध्यक्ष ओलीद्वारा एमाले दसौैँ राष्ट्रिय महाधिवेशनको उद्घाटन


न्युज अफ नेपाल, चितवन ।

नेकपा एमालेको दसौँ राष्ट्रिय महाधिवेशनको अध्यक्ष केपी शर्मा ओली उद्घाटन गरेको छन् । अध्यक्ष ओलीले पार्टीको झण्डा, चुनाव चिह्न र राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेर आज महाधिवेशनको उद्घाटन गरेका हुन्।

चितवनस्थित नारायणी नदी किनारमा महाधिवेशन आजदेखि सुरु भएको छ । एमाले महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री शेरबहादुर देउवा कार्यक्रमस्थल पुगेका छन्।

यस्तै नेकपा माओवादी केन्दका नेता लिलामणि पोखरेल, राष्ट्रिय प्रजातन्त्र पाटीका अध्यक्ष कमल थापा, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव लगायत शीर्ष ने ताहरुको उपस्थिती छ । यस्तै भारत, बंगलादेश लगायतका विभिन्न देशहरुबाट नेताहरु सहभागी छन् ।