भक्तपुर क्षेत्र नं.१ को कांग्रेस सभापतिमा संस्थापन पक्षका खत्री बिजयी

महाधिवेशन प्रतिनिधि छानिए


पुष्कर बुढाथोकी, भक्तपुर ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मंगलबार भक्तपुरमा निर्वाचन क्षेत्रको कार्यसमिति र महाधिवेशन प्रतिनिधि छानिएका छन् । कांग्रेसले दिएको जानकारी अनुसार १ नं. क्षेत्रको सभापतिमा जीवन खत्री निर्वाचित भएका छन् । खत्रीले २७१ मत प्राप्त गरे भने उनका प्रतिष्पर्धी उद्धव खड्काले ११६ मत प्राप्त गरे । खड्का संस्थापन इत्तर समूहका हुन । खत्री वर्तमान क्षेत्रीय सभापति हुन् भने खड्का क्षेत्रीय सचिव हुन् ।

त्यसैगरि सचिवमा समुन्द्र थापा र रविन कुमार के.सी, सहसचिवमा राम काजी भुज र राजेश्वर वन निर्वाचित भएका छन् । १ नं. क्षेत्रबाट छानिएका १४ औं महाधिवेशन प्रतिनिधिहरुमा प्रविन वन, बाबुराजा जोशी, राधा कार्की (सरु बानिँया), कृष्णलाल भँडेल, जगन्नाथ कार्की, राजाराम खड्का, दयामान कर्माचार्य, हरिप्रसाद नेपाल, पुष्कर खत्री, पुरुषत्तोम लामिछाने, मनोज कुमार थापा रहेका छन् ।

शुभद्रा काफ्ले, संगिता फुयाँल, रुपा थापा, गंगालक्ष्मी अवाल, रजनी जोन्छे, रञ्जना कक्षपति, सुरेश श्रेष्ठ, रत्न सुन्दर खाइतु, जीवन भुजु, केशव दुवाल, हरि कृष्ण श्रेष्ठ महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । त्यसैगरी जीवन खत्री, गोविन्द थापा, नवराज दाहाल रहेका छन् । महाधिवेशन प्रतिनिधिमा निर्वाचित मध्य ४ जना बाहेक अन्य सबै संस्थापन पक्षका रहेका छन् ।

महाधिवेशन प्रतिनिधिमा नेपाल तरुण दलका पुर्वकेन्द्रीय अध्यक्ष विनोदप्रकाश कायस्थ पराजित भएका छन् । महाधिवेशन प्रतिनिधि खुल्लामा प्रतिष्पर्धा गरेका कायस्थले १६५ मत प्राप्त गरेका छन् । महाधिवेशन प्रतिनिधिमा बागमति प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कृष्णलाल भँडेल सर्वाधिक लोकप्रिय मत २५१ प्राप्त गरी विजयी भए ।

महाधिवेशन प्रतिनिधि खुलामा कुनै समूहमा नबसी एकल उम्मेदवारी दिएका कांग्रेस भक्तपुरका वरिष्ठ नेता प्रविण वन १९३ मतका साथ विजयी भएका छन् । त्यस्तै संस्थापन पक्ष इत्तर समूहका बाबुराजा जोशी पनि २०७ मतका साथ महाधिवेशन प्रतिनिधिमा विजयी भएका छन् । उनी कानुन आयोगका पूर्व अध्यक्ष र वरिष्ठ अधिवक्ता हुनुहुन्छ ।