डीएभीको सांगीतिक तथा पुरस्कार समारोह


डीएभी सुशिल केडिया विश्वभारतीविद्यालयले नेपाल–भारत अन्तर्राष्ट्रिय सांगीतिक तथा पुरस्कार समारोह सम्पन्न गरेको छ। कार्यक्रममा भारतको पटनाकी शास्त्रीय संगीत गायिका डा. रञ्जना झा, पटनाकै कथक नृत्या गना यामिनी, महाराष्ट्रकी भारतीय लोक नृत्यां गना रजनी दुवे बहु प्रतिष्ठित भारत गौरव सम्मान अवार्डबाट विभूषित भएका छन् ।

नेपाल भारतबीचको पारस्परिक सम्बन्धलाई थप प्रगाढ पार्न आयोजना गरिएको कार्यक्रममा विभिन्न सांस्कृतिक तथा शैक्षिक क्षेत्रमा योगदान पु¥याएका व्यक्तिलाई सम्मान गरिएको थियो भने आकर्षक नृत्य, गीत तथा गजल प्रस्तुत गरिएको थियो। कार्यक्रममा डीपीएस धरानका पीके शंकर लिङगम र नेपाल–भारत मैत्री विद्यालय पोखराका मृत्युञ्जय सिंह बेस्ट प्रिन्सिपल अवार्ड, डीएभी विद्यालयका रामचन्द्र खनालबेस्ट भाइस प्रिन्सिपल अवार्ड र अध्यक्षअनिल केडिया यस वर्षको नेपाल–भारत मैत्री समाज अवार्डबाट सम्मानित भएका छन् ।

लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरको प्रमुख आतिथ्यता तथा भारतीय राजदूतावास काठमाडौंको प्रेस सूचनातथा संस्कृति विभागका प्रथम सचिव नवीन कुमार, पूर्वमन्त्री अनिलकुमार झाको आतिथ्यतामा सम्पन्नकार्यक्रममा ३० भन्दा बढी भारतीय कलाकार र नेपाली समूहले नृत्य तथागीत प्रस्तुत गरेका थिए।