श्लोककेशर क्वाटरफाइनलमा


काठमाडौं ।

नेपालका श्लोककेशर खड्का काठमाडौं-एसियन यु–१४ ¥याङकिङ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट– २ को ब्वाइज सिंगल्समा सोमबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

सातदोबाटोस्थित टेनिस कोर्टमा श्लोकले भारतका अविर श्रीवास्तवलाई ६–० र ६–१ को सोझो सेटमा पराजित गरे । सोही स्पर्धामा भारतका सिद्धार्थ जिबु क्वाटरफाइनलमा पुगे ।

६–७, ६–३, ०–१ ले पछि परेको स्थितिमा नेपालका वृजेश अर्याल रिटायर्ड हर्ट भएपछि सिद्धार्थ अन्तिम आठमा पुगेका हुन् । नेपालका श्रीयोग अधिकारी नेपालकै स्पर्श तिमिल्सिनालाई ६–२ र ६–२ को सीधा सेटमा हराउदै अन्तिम आठमा पुगे ।

गल्र्स सिंगल्समा प्राज्ना मानन्धरले समृद्धि महर्जनलाई ६–२ र ६–०, कृषा अधिकारीले संस्कृति टयाललाई ६–४, ५–७ र ६–४, जेनी खड्काले स्वस्तिका विष्टलाई ६–१ र ६–२, मान्सा कँडेलले लशा प्रजापतिलाई ६–० र ६–२ तथा नाला जोस्फिन मास्केले शिभाली गुरुङलाई ६–३ र ६–३ को सेटमा पाखा लगाउदै अन्तिम आठ स्थान पक्का गरे । यो स्पर्धाका खेलाडी मध्ये नाला अमेरिकाकी हुन् भने बाँकी सबै नेपालका हुन् ।