अनाम फिल्ममा पल


काेभिड–१९ को महामारी तथा लकडाउनका कारण सुस्ताएको नेपाली फिल्म उद्योग अबविस्तारै चलायमान हुने संकेत देखिएको छ।
कोभिडका कारण रिलिज रोकिएका फिल्मले रिलिज डेट तोकेर प्रचार–प्रसार गर्न थालेका छन् भने केही निर्मातान याँ फिल्म निर्माणका लागि तातेका छन्।

यसै क्रममा नायक पल शाहलाई लिएर नयाँ फिल्म निर्माण हुने भएको छ। करण सिंहको निर्माणमा बन्नलागेको फिल्ममा नायक शाहलाई अनुबन्धित गरिएको हो। आरके एस इन्टरटेन्टमेन्टको ब्यानरमा बन्ने प्रेम कथाको फिल्ममा कथा निर्माता सिंहकै रहेको छ भने पट कथा अभिमन्यु निरवीको रहनेछ। नाम घोषणा नगरिएको फिल्मका लागि नायिका र अन्य कलाकार तथा प्राविधिक टिमको छनोट गर्ने कार्य भइरहेको छ। माघको अन्तिममा सुटिङ प्लोरमा जाने फिल्मको डिजिटल राइट डीआर मुभिजले खरिद गरेको छ।

पलको भिडकाल देखि नै म्युजिक भिडियोमा व्यस्त छन्। कोभिडका कारण फिल्म क्षेत्र थलिएपछि पलआप्नो पुरानो क्षेत्र म्युजिक भिडियो क्षेत्रमापुनः सक्रिय भएका थिए। उनले अभिनय तथा मोडलिङ गरेका थुप्रै म्युजिक भिडियो सफल पनि भइरहेका छन्। पल यसअघि नै ठूलो बजेटको फिल्म सत्यममा अनुबन्धित भइसकेका छन्।