लोकदेखि पपसम्म सरिताको स्वर


छोटो समयमै लोक गायनमा विविध तादिने गायिका बन्न सफल भएकी छिन् सरिता भारती। उनी पूर्वदेखि सुदूर पश्चिमसम्मको लोक दोहोरी गीतगाएर लोक दोहोरी गायनमा आफूलाई स्थापित गर्न सफल भएकी छिन्।काठे भाकामा यस पालीको दशैं, असारै मास (झरी), गण्डकी क्षेत्रको लोक दोहोरी भाकामा लुँडो र तास, सेती बगर जस्ता गीत ल्याएकी भारतीले देउडा भाकामाहे गाजली, लोक भाकामा रातो सारी लरक्कैसहित विभिन्न लोक दोहोरी गीत सार्वजनिक गरेकी छिन्। यस्ता गीतबाट उनले आफूलाई सबै प्रकारको लोक दोहोरी गीतगाउन सक्ने गायिकाको रूपमा चिनाउन सफल भएकी छिन्।

व्यावसायिक गायन यात्रा रेडियो र दोहोरी साँझबाट शुरू गरेकी सरिताले ललितपुरको वेलहाम्स कलेजमा ११ कक्षामा पढ्दै गर्दा २०६७ सालमा रेडियो राजधानीमालोक दोहोरी गीतगाउँदै कार्यक्रमचलाउने अवसर पाएकी थिइन्। त्यो सुनेर दोहोरी साँझबाट गायनमा प्रस्ताव पाएकी उनले केही समयमा दोहोरी साँझ मागी तगाइन्। ‘दोहोरी साँझमा गाउँदा आफ्नो खुसीले गाउन पाइँदैन थियो। पाहुनाले जुन भाका गाउनका लागि आग्रह गर्नु हुन्थ्यो, त्यही गाउनु पथ्र्यो। त्यसैले, गायनलाई निखार्न सांस्कृतिक संस्थानको गायन कक्षामा भर्ना भए। त्यहाँ कागुरुहरू विपीन घिमिरे, नरसिंहलाल श्रेष्ठ, तीर्थराज पोखरेललगायतबाट गायन प्रशिक्षण लिएपछि नाच घरकै आयोजनामा सम्पन्न विभिन्नकार्य क्रममागी तगाए’ सरिताले सुनाइन् ‘बाल्यकाल देखि नै सुन्दै गाउँदै आउँदायसमै रस बस्यो, त्यहीलोक दोहोरी भाका मन पर्न थाल्यो। अनिलोक दोहोरी गायनलाई रोजे।’ कक्षा ३ पढ्दादेखि नै स्कुलमा हुने लोक दोहोरी गायनमा सहभागी भई कक्षा ७ मा पढ्दा गोरखा जिल्लाको १७ स्कुलबीच भएको अन्तर विद्यालय लोक दोहोरी गायन प्रतियोगितामा आफ्नो स्कुल श्री मिरकोट माविबाट प्रथम हुन सफल सरिता कक्षा ९ सम्मआफू यस्तो प्रतियोगितामा प्रथम हुँदै आएको सुनाउँ छिन्।

आधा दशकअघि मेरो जवानीबाट लोक पपगीतगायनमा डेब्यु गरेकीउनले पहिलो लोक पप गीतबाटै सर्वोत्कृष्ट नवगायिका विधामा दोश्रो सगरमाथा म्युजिक अवार्ड पाइन्। योसँगै उनले चार सांगीतिक अवार्डलाई आप्नो बनाइ सकेकी छिन्। लोक गायिकाको रूपमा स्थापित सरिता पहिलो भेटमा र अँधेरीमा थिए बोल कागजल, बजाइ देऊ न बाजा बोलको पपसहित विभिन्न पर्व र भेग विशेष तथा अन्य विधाका गीत गाएर आफूलाई स्वरमा विविधता दिन सक्ने गायिका प्रमाणित गर्न सफल भएकी छिन्। हालसम्म डेढ दर्जन गीतहरू दर्शक स्रोतामा झल्याएकी सरिताको मेरो जवानी, पहिलो भेटमा, लुँडो र तास, रातो सारी लरक्कै, यसपालीको दशैं, अँधेरीमा, हे गाँजली, असारै मास (झरी) जस्ता गी तिएल्बम बजारमा आएका छन्। विभिन्न मेला, महोत्सव र सांस्कृतिक कार्यक्रममा आफूलाई प्रस्तुत गर्दै आएकी सरिताले आफ्नो गीतको म्युजिक भिडियोमाआफैंले मोडलिङ गर्दै आएकी छिन्। यसो हुँदा गीतअनुसार अभिनय गर्न पाइने, आत्म बल बढ्ने र आफूले गाएको गीतसँगै अभिनयबाट पनि दर्शकले प्रत्यक्ष चिन्ने उनको भनाइ छ।