नेप्सेको पुँजीकरण ३८ खर्ब ७८ अर्ब



काठमाडौं, नेस । 

साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचक दोहोरो अंकले घटेको छ । यस दिन नेप्से ११.६० अङ्कले घटेर दुई हजार ७५७।५३ मा ओर्लेको छ ।

नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । कुल २२५ कम्पनीको ७८ लाख ९४ हजार कित्ता शेयर ४ अर्ब ३५ करोड ७३ लाख ९ हजार रुपियाँमा कारोबार भएको छ । यससँगै नेप्सेको बजार पुँजीकरण ३८ खर्ब ७८ अर्ब ४९ करोड ४७ लाख २० हजार पुगेको छ । यस दिन ११ समूहको सूचक बढेको छ । जसमा जलविद्युत् १३ दशमलव २१ र उत्पादन समूह ९६ दशमलव १४ अंकले बढेको छ । यस्तै बैंकिङ ५ दशमलव १, व्यापार ५८ दशमलव ५४, होटेल तथा पर्यटन ५० दशमलव ८८, विकास बैंक ६ दशमलव ८९, वित्त १९ दशमलव २३, निर्जीवन बीमा ६४ दशमलव १६, अन्य ३८ दशमलव ८८, लघुवित्त १७ दशमलव ४३, जीवन बीमा १४० दशमलव ५ बडेका छन् । तर सामूहिक लगानी कोष शून्य दशमलव शून्य ३ र लगानी शून्य दशमलव ७४ अंकले घटेको छ ।

त्यस्तै कारोबारका आधारमा महालक्ष्मी विकास बैंक अग्रस्थानमा रहेको छ । सो यसको ५० करोड ९९ लाख ९२ हजार रुपियाँको कारोबार भएको छ भने नेसनल हाइड्रोपावर २३ करोड ८४ लाख ५० हजार, नेपाल दूरसञ्चार कम्पनीको २२ करोड ६२ लाख ३८ हजार, हिमाल दोलखा हाइड्रोपावरको २१ करोड ५० लाख ७५ हजार र माथिल्लो तामाकोसीको १५ करोड २५ लाख ३८ हजार रुपियाँको कारोबार भएको छ ।समग्र परिसूचक घटे पनि नारायणी डेभलपमेन्ट बैंक र मानुषी लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ ।

यस्तै कर्पोरेट डेभलपमेन्ट बैंक ८, हिमाल दोलखा हाइड्रोपावर ६ दशमलव ४० र शिवश्री हाइड्रोपावरका लगानीकर्ताले ४ दशमलव १९ प्रतिशतले कमाएका छन् । तर, तेह्रथुम पावर कम्पनी, आइसीएफसी फाइनान्स, प्रिमियर इन्स्योरेन्स, नेसनल माइक्रोफाइनान्स र मैलुङ खोला जलविद्युत् कम्पनीका लगानीकर्ताले प्रतिशतले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्