महिलाको लुगा लगाउने तेस्रोलिंगी विदेश भागिन्


बैंकक, (एजेन्सी) । 

गत सेप्टेम्बरमा थाई आप्रवास निकायले बैंककमा एक अस्वाभाविक गिरप्mतार गरेको सूचना फैलियो । ३६ वर्षीया मलेसियाली कस्मेटिक व्यवसायी नुर साजात कामारुज्जामनलाई पक्राउ गरिएको खबर सामाजिक सञ्जालमा भाइरल हुन थाल्यो । इस्लामलाई अपमान गरेको आरोपमा मलेसियाले उनलाई तत्काल सुपुर्दगी गर्न आग्रह ग-यो ।

उनलाई जनवरीमा मलेसियामा सो आरोप लगाइएको थियो । त्यसका लागि उनलाई तीन वर्ष लामो कैद हुन सक्थ्यो । नुर साजातको अपराध भनेकै मलेसियाली महिलाहरूले लगाउने परम्परागत लामो बाहुलायुक्त पोशाक लगाउनु थियो ।उनले सो पोशाक सन् २०१८ मा आयोजित एक धार्मिक समारोहमा लगाएकी थिइन् । तेस्रोलिंगी भएकै कारण उनको पहिरनप्रति त्यत्रो आपत्ति जनाइएको थियो । तेस्रोलिंगी भएकाले नै उनलाई थाइल्यान्डमा शरणार्थीको हैसियत दिएर अस्ट्रेलियामा राजनीतिक शरण लिनका लागि थाई सरकारले अनुमति दिएको छ ।

मलेसियाली सरकारको नजरमा नुर साजात पुरुष हुन् र इस्लामिक कानुन सरियातका अनुसार कुनै पनि पुरुषले महिलाको पोशाक लगाउनु संगीन अपराध हो । सिडनीबाट बीबीसीसँग कुरा गर्दै उनले मलेसियाले त्यसरी आफूमाथि अभियोग लगाएपछि आफूसँग भाग्नुबाहेक अर्को कुनै विकल्प नै नभएको बताएकी छन् ।

उनले आफ्नो गुनासो यसरी पोखिन् – ‘मलाई मेरो परिवार र अभिभावकका अगाडि पिट्ने , घचेट्ने र हतकडी लगाउने काम गरियो । मलाई लज्जित र दुःखी बनाइयो । मैले तिनीहरूलाई सहयोग गरिरहेकै थिएँ, तर बदलामा मलाई घोर अपमान मात्रै गरियो । तेस्रोलिंगी भएकाले नै तिनीहरूले मलाई मान्छे नठानेको हुनुपर्छ । ’निकै मिहेनती उद्यमीको रूपमा चिनिने नुर साजातले आफैंले स्किन केयर र हेल्थ सप्लिमेन्टहरू विकास गरेकी थिइन् ।