कोकिन दुव्र्यसनी राष्ट्रपतीय चुनाव लड्दै !


मनिला, (एजेन्सी)।

 फिलिपिन्सका नेता रोड्रिगो डुटेर्टेले सरकारी टेलिभिजनमार्फत ओरियन्टल मिन्डोरोमा भाषण दिने क्रममा आगामी वर्षको राष्ट्रिपतीय चुनावमा उम्मेदवारी दिने एक व्यक्ति कडा लागु औषध कोकिनको दुव्र्यसनी भएको बताएका छन् ।

तर, उनले ती व्यक्तिको नाम भने खुलाएका छैनन् । आफू राष्ट्रपति भएपछि उनले लागु औषध प्रयोगकर्ता र त्यसको कारोबार गर्नेहरू विरुद्ध हिंसात्मक अभियान चलाउँदा हजारौं व्यक्तिको ज्यान गएको थियो । उनको सो हिंसात्मक अभियानको संयुक्त राज्य अमेरिकालगायत अन्य मुलुकहरूले पनि विरोध जनाएका थिए ।

डुटेर्टेले ती कोकिन दुव्र्यसनी व्यक्ति एक निकै कमजोर नेता भएको बताएका छन् । आगामी वर्षको सो चुनावका लागि दर्जनौं व्यक्तिले उम्मेदवारी दिएका छन् । फिलिपिन्सको संविधानको एक कार्यकाल नीतिको कारण ७६ वर्षीय डुटेर्टेले चुनाव लड्न नपाएको हो ।
डुटेर्टेकी पुत्री सारा डुटेर्टेले पनि यो चुनावमा प्रतिस्पर्धा गर्दैछन् ।