रमरम मरौटीलाई सवा करोड भ्युज


डेढ महिनाअघि सार्वजनिक नेपालीलोक तथा दोहोरी गीतरमरम मरौटीलाई युट्युबमा करोडभन्दा बढी पटक हेरिएको अवसरमायसको निर्माण समूहले शनिबार राजधानीमा एक कार्यक्रमआयोजना गरी केक काटेर खुसियाली साटेको छ।

सो अवसरमाउक्तगीतको अडियो तथा भिडियोमा आबद्ध कलाकार तथाप्राविधिकलाई मायाको चिनो प्रदानगरिएको थियो। ५० दिनअघि ओबी रायमाझी युट्युब च्यानलबाट अपलोड गरिएको गीत एक महिनामै करोडपटक हेरिएको थियो भने हालसम्म १ करोड २५ लाखभन्दा बढी हेरिएको छ।सञ्चारकर्मी गोपीकृष्ण चापागाईंले सञ्चालन गरेकाथिए।

कार्यक्रममागीतकागायकतथा संगीतकार खेम सेन्चुरीले छोटो समयमै रमरम मरौटीलाई मिलेको साथप्रतिआभार व्यक्त गरे। गायिकाअस्मिताअधिकारीले पनि राम्रो गीतगाउनदिएकोमायसको समूहलाई धन्यवादव्यक्तगरिन्। कार्यक्रममा भिडियोकीकलाकार पूजाशर्माले लोक तथा दोहोरी गीतमाकामगर्दा निकै आनन्दआउने र नेपाली संगीतको स्रोत नै लोकगीतभएको चर्चा गरिन्। ‘कतिपयले मलाई अझै पनि सोध्नुहुन्छ, किन दोहोरीमाकाम गरेको, किन यस्तो गीतहरूमाकाम गर्छौ? तर नेपालीगीत संगीतको इतिहास हेर्ने हो भने लोकगीतबाटै शुरू भएको हो। त्यसैले, मैले लोक तथा दोहोरी गीतलाई सधैं माया गर्छु’ पूजाले भनिन्।

उनले शुरूमागीतमाप्रयोग भएका मरौटी र करौतीको अर्थ नबुझेको र पछि कोरियोग्राफर तथानिर्देशक रामजी लामिछानेले बुझाएपछि सुन्दाझनै आनन्दलागेको बताइन्।गीतअपलोड गरिएको युट्युबच्यानलका सञ्चालकओबी रायमाझीले गीतले लगानी उठाएको र केहीमुनाफाभएको तर निकै धेरै आम्दानीभने करोड भ्युजपुग्दैमानहुने प्रष्ट पारे। प्रिन्सेस खरेलको लगानी रहेको गीतमा नेत्र अर्यालको शब्द रहेको छ।