छक्का पञ्जा–४ निर्माणको घोषणासँगै दीपा श्रीलाई माग्ने बुढाको प्रश्न

तिमी आउँछौ किअर्कै बे गरूँ!


कप्रियगायक तथा संगीतकार स्व. रामथापाको सदाबहार लोकगीत कति बस्छौ माइतीकै कौसीमालाई छक्का पञ्जा फिल्मको टोलीले पुनःताजा बनाएको छ। मुरारी प्रसाद लामिछानेको शब्द र संगीतमा गायक स्व. थापाले गाएको गीतको नयाँ भर्सनलाई छक्का पञ्जा टोलीले म्युजिक भिडियोका साथनयाँ शैलीमा प्रस्तुत गरी पुनःताजाबनाएको हो।

रिमेक भर्सनको गीत मिलाम श्रेष्ठ र अन्जु पन्तले गाएका छन्। नयाँ भर्सनको गीतमा शब्द र संगीत भीम विष्टले तयार पारेका छन्। गीतलाई नयाँ रूप दिनगीतमा पुरुष र महिलाकौ स्वरमा सवाल जवाफ गरिएको छ भने गीतको म्युजिक भिडियोलाई रुचिकर र दर्शनीयब नाउन रमाइलो ढंगले कथानक शैलीमा ढालिएको छ।


सुपर हिट फिल्मछक्का पन्जा टिमको निर्देशनमा तयार पारिएको आठ मिनेट लामो म्युजिक भिडियोमा केदार घिमिरे (माग्ने बुढा), दीपाश्री निरौला, निर्मल शर्मा, बुद्धि तामाङलगायत कलाकारले अभिनय गरेका छन्। केदार घिमिरेलाई एउटै फ्रेम भित्रबाबु र छोराको दोहोरो भूमिकामा प्रस्तुत गरिएको म्युजिक भिडियोमा दीपाश्रीलाई पाउन केदारले आफ्नो बाबुको सहयोगमा साइकलदेखि महगो बाइकसम्म खरिद गर्छन्। महगो बाइक देखेपछि दीपाश्री बिहेको जग्गे नै छोडेर केदारसँग भाग्छिन्। उता बुद्धि तामाङ डोलीलिएर दीपाश्रीलाई लिनआइरहेका हुन्छन्। तर, दीपाश्री भने बाइकबाट ओर्लिएर कार चढेर जान्छिन्।

कारमाउनलाई लिनआउने को हो, त्यो भिडियोमा देखाइएको छैन। त्यसको साटो छक्का पञ्जा–४ चाँडै आउने घोषणा गरिएको छ। विक्रम स्वाँरको आकर्षक कोरियोग्राफीमा तयार पारिएको म्युजिक भिडियोमा हरि हुमागाईंको छायांकन र टेकेन्द्र शाहको सम्पादन रहको छ।राजधानीमा हालै आयोजित एक समारोहबीच सार्वजनिक गरिएको म्युजिक भिडियो म्युजिक नेपालको युट्युब च्यानलमा अपलोड गरिएको छ। भिडियो सार्वजनिक गरिएको तीनदिनमै यसले पौने पाँचलाख भ्युजपाइ सकेको छ।