खेलाडीको स्वागतका लागि एयरहोस्टेसले बिकिनी लगाए


हनोइ, (एजेन्सी) । 

अत्यन्तै तडकभडकका साथ आफ्नो राष्ट्रिय फुटबल टोलिलाई विमानमा स्वागत गर्ने क्रममा एयर होस्टेसहरूलाई भित्री वस्त्रमात्र लगाउन दिएको कारण भियतनाम एयरलाइनलाई चार करोड डोंग जरिवाना गरिएको छ ।

भियतनामी बजेट एयरलाइन भिएतएयरले अलि सीमा नाघेरै फुटबल खेलाडीहरूको स्वागत गर्न पुगेकोमा गल्ती महशुस गर्दै औपचारिक रूपमा क्षमायाचना गरेको छ ।यस घटनालाई सेमेटेर सार्वजनिक गरिएको भिडियोमा एयर होस्टेजहरू बिकिनी लगाएर विमानभित्र ओहोरदोहोर गरिरहेको देखिन्छन् । तिनी अरूले वास्तवमा फुटबल म्याच पनि नजितेको टोलीलाई यसरी भव्य स्वागत गरेका हुन् ।

सबैले यो भियतएयरको अन्य ग्राहकहरूलाई आकर्षण गर्ने भद्दा विज्ञापन मात्र भएको प्रतिक्रिया दिएका छन् । एयरलाइनका म्यानेजरले यस घटनालाई लिएर क्षमा माग्नुलाई पनि नाटकको रूपमा हेरिएको छ । चीनमा भएको एसियाली फुटबल प्रतियोगितामा यो टोली उज्वेकिस्तानसँग नराम्ररी पराजित भएपछि स्वदेश फर्केको हो ।भिडियोमा सो विमानमा सवार अधिकांश खेलाडी यस्तो अस्वाभाविक स्वागतका कारण निकै अलमलमा परेको देखिन्छन् । थुप्रै भियतनामी जनताले यस घटनाप्रति आक्रोश र असन्तुष्टि व्यक्त गरेका छन् ।