भिडियोमा पहिलो नम्बर


गायक गायिका हेमराज थापा बाबुराजा र एलिना चौहानद्वारा गाइएको पपगीत पहिलो नम्बरको म्युजिक भिडियो सार्वजनिक गरिएको छ।

गीतमा युवा युवतीबीचको प्रेम र रोमान्स समेटिएको छ। दिनेश कुमालको शब्दतथा हेमराज थापा बाजुरालीको संगीत एवं विशाल निरौलाको एरेन्ज रहेको गीतमा प्रेमिकालाई पाउँदा खुसी व्यक्त गरिएको छ।

दीपेश ठकुनाको छायांकन, लक्ष्मण चौहानको सम्पादन र विक्रम चौहानको निर्देशन रहेको म्युजिक भिडियोमा अजय कुमाल, कोपिला सिंह र दिनेश कुमाललाई फिचरिङ गरिएको छ।