रामजीको चाँदनीमा प्रकाश र केकी


पृथ्वी इन्टरटेनमेन्टले नयाँ कोसेली स्वरूप सांगीतिक दुनियाँमा चाँदनी बोलको गीत सार्वजनिक गरेको छ।

हालै ललितपुरको होटल हिमालयमा विशेष समारोहकाबीच चाँदनी बोलको लोकगीत सार्वजनिक गरिएको हो। गीतमालोकप्रियगायक रामजी खाँड र गायिका सम्झना भण्डारीको स्वर छ भने लय र शब्द सुजन लम्सालको तथा संगीत संयोजना सुनील परियारको रहेको छ।

पत्रकार गोपीकृष्ण चापागाईंले सञ्चालन गरेको कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका केन्द्रीय अध्यक्ष गीतकार रमेश बिजीले गीतलाई शुभकामना दिए। कार्यक्रमका सभापति पृथ्वी इन्टरटेनमेन्टका प्रमुख पृथ्वीथ कालीले गीतसंगीतको क्षेत्रलाई सदैव माया गर्ने र निरन्तरताका लागि नयाँ कोसेली स्वरूप गीत सार्वजनिक गरिएको जानकारी गराए।

कार्यक्रममा बोल्दै गायक रामजी खाँणले गीतको अडियो नै शुरूमा बलियो लागेकोले आफूलाई मन छोएको बताए। उनले अडियोपछि भिडियो पनि उस्तै राम्रो भएकाले दर्शकले मन पराउनेमा आशावादी रहने बताए। गायिका सम्झना भण्डारीले बजारमा थुप्रै गीतआइरहँदा केही फरक गर्ने कोसिसका साथनयाँ गीतल्याएको जानकारी गराइन्।

भिडियोकाकलाकार प्रकाश सपूतले आफ्नो गीतसंगीतको करिअर नै पृथ्वी इन्टरटेनमेन्टबाटै शुरू गरेको सम्झिए। ‘म जुन बेला काठमाडौंको गल्लीमा सफलता पाइन्छ किभन्दै दौडिरहेको थिएँ, त्यो समयमा पृथ्वी थकाली दाइसँग भेट नभएको भए सायद आज यो प्रकाश सपूत हुँदैन थियो होला’ उनले भने। नायिका केकी अधिकारीले पनि गीतको अडियो सुन्ने बित्तिकै मन छोएको र गीतका शब्दले पनिआफूलाई तानेको बताइन्। भिडियोमा विक्रम स्वाँरको निर्देशन छ भने प्रवीण भट्टले सम्पादन गरेका छन्।