प्रधान्यायाधीश जबराले बोलाएको फुलकोर्टको बैठक जारी


न्युज अफ नेपाल, काठमाडौं ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बोलाएको न्यायाधीशहरूको पूर्ण बैठक (फुलकोर्ट) शुरु भएको छ ।

बैठकमा गोला प्रथाद्वारा मुद्दा हेर्ने प्रयोजनका लागि आवश्यक पर्ने निर्देशिका पारित गर्ने कार्यसूचि छ । यसअघि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले बोलाएको फुलकोर्ट बहिष्कार गरेर बसेका असन्तुष्ट १८ न्यायाधीशको सहभागितामा फुलकोर्ट जारी छ ।

 फुल कोर्ट बैठक प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविनाको हुने र अरु न्यायाधीशले गरेको निर्णयमा उनले हस्ताक्षर गर्ने तयारी रहेको एक न्यायाधीशले जानकारी दिए ।