वकिल र प्रहरीबीच झडप, बारअध्यक्ष चण्डेश्वरसहित १२ जना घाइते


न्युज अफ नेपाल, काठमाडौं ।

सर्वोच्च अदालतको मूल गेटमा धर्नामा बसेका कानुन व्यवसायी र प्रहरीबीच झडप भएको छ। प्रधानन्यायाधीशले वैकल्पिक गेट प्रयोग गरेर सर्वोच्च छिर्ने क्रममा उनलाई छेक्न गएका कानुन व्यवसायी र प्रहरीबीच झडप भएको हो ।

प्रहरीले बल प्रयोग गर्दा नेपाल बार एशोसिएसनका  अध्यक्ष चण्डेश्वर श्रेष्ठ, केन्द्रीय सदस्य प्रकाश महर्जनहित १२ जना घाइते भएका छन् ।

यस्तै घाइते हुनेमा कानुन व्यवसायी कपिल पोखरेल, रमण कर्ण, युवराज भण्डारी, गोपाल सापकोटा, ऋषिराम घिमिरे पनि सामान्य घाइते कानून व्यवसायीहरुले जानकारी दिएका छन् ।  वकिलहरुले सर्वोच्चका मुख्य रजिष्ट्रार लालबहादुर कुँवरको आदेशमा प्रहरी परिचालन गरेर दमन गरेको भन्दै उनलाई माफी माग्न आग्रह गरेका छन् ।