सर्वोच्च परिसरमा वकिल र प्रहरीबीच धकेलाधकेल



न्युज अफ नेपाल, काठमाडौं ।

नेपाल बार एसोसिएसनले तेस्रो चरणको आन्दोलनको दोस्रो दिन आज पनि धर्ना जारी राखेको छ ।बुधवार प्रधानन्यायाधीश जबरालाई तीन दिनभित्र राजीनामा दिन अल्टिमेटम दिएको बारले आज सर्वोच्चको दोस्रो गेटमा पनि अवरोध गर्ने प्रयास गरेको छ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर राणालाई अदालत प्रवेश गर्न नदिन वैकल्पिक गेटमा पुगेका वकिल र प्रहरीबीच आज पनि धकलाधकेल भएको छ ।प्रधानन्यायाधीश जबराले भने आज निवासबाटै ९ इजलास तोकेका छन् ।

प्रधानन्यायाधीश जबराले तोकेका ९ इजलासमा २५९ मुद्दाको पेसी चढाइएको छ। प्रधानन्यायाधीश जबराले आफूविरुद्ध आन्दोलन जारी रहेकाले निवासबाटै इजलास तोक्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्