प्रधानमन्त्री देउवासँग अमेरिकी सहायक विदेशमन्त्रीले भेट गर्दै


न्युज अफ नेपाल,  काठमाडौं ।

नेपाल भ्रमणमा आएका अमेरिकी विदेश सहायकमन्त्री डोनाल्ड लु आज बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्दैछन् । दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी सहायक विदेशमन्त्री लु बुधबार साँझ मात्र काठमाडौं आएका थिए ।

आज प्रधानमन्त्री देउवा, परराष्ट्रमन्त्री नारायण खड्कासहित अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको अमेरिकी दूतावासले जनाएको छ।

अमेरिका र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापित भएको ७५ वर्ष पुग्नु ठीक अगाडि भ्रमण भएको हो । कोभिड-१९, जलवायु परिवर्तन र लोकतन्त्रको सबलीकरण जस्ता राष्ट्रपति जो बाइडेनका उच्च प्राथमिकतामा रहेका चुनौतीबारे छलफल हुने दूतावासले जनाएको छ ।