सामूहिक चित्रकला प्रदर्शनी


विविध शैली, रङ र कन्सेप्टमा चित्र सिर्जना गर्ने नेपालका चार कलाकारहरू रत्नकाजी शाक्य, चन्दाश्रेष्ठ, सुषमा राजभण्डारी र गजेन्द्रमान श्रेष्ठद्वारा सिर्जित कलाकृतिहरूको सामूहिक चित्रकला प्रदर्शनी सोभिनियर ग्यालरी क्याफे, सोल्टीमोडमा एक समारोहबीच कीर्तिपुर नगरपालिकाका नगरप्रमुख रमेश महर्जनले शुभारम्भ गरे।

कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, वास्तुकला तथा अन्य सिर्जनात्मक कला विभाग प्रमुख तथा कला समीक्षक रमेशनाथ खनालले उक्त प्रदर्शनीमा चार जनाश्रष्टाले सिर्जना गरेका कलाकृतिहरू एकदेखि अर्को फरक माध्यम र शैलीमा रहेको बताए।

कलाकार रत्नकाजीशाक्यले जल रङ र ओभलिजममा काम गरेको बताए। प्राज्ञ चन्दा श्रेष्ठले विभिन्न सँंस्कृतिक पक्ष झल्किने खालका चित्र प्रदर्शनीमा प्रदर्शित रहेको जनाइन्।

प्राज्ञ गजेन्द्रमान श्रेष्ठले सदैव माछा र घण्टी सिर्जना गरी आफ्ना परिचयबनाएको बताए। प्राज्ञ सुषमा राजभण्डारीको चित्रमा गणेश, पिस आइज, थर्ड आइजका विम्ब राखेर सिँगारिएको चित्रहरूले नै बोलेको बताए। प्रदर्शनीकी सभा पति तथा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, चित्रकला विभाग प्रमुख प्राज्ञ सुषमा राजभण्डारीले चित्रकलाको विकासका लागि आफूले चित्रकलाका विभिन्न कार्यशाला, प्रदर्शनी, गोष्ठी, सेमिनार, आर्ट टकजस्ता कार्यक्रमगर्ने गरेको बताइन्। प्रदर्शनीमा चार कलाकारका ३३ चित्र प्रदर्शन गरिएको छ। प्रदर्शनीमंसिर ११ गतेसम्म चल्ने छ।