भिडियोमा सुनीलको सम्बन्ध


लोकपपगायक सुनीलगिरीको हाम्रो सम्बन्धबोलको गीतम्युजिक भिडियोसहित सार्वजनिक भएको छ। गायकगिरीकै संगीत रहेको गीतमाशब्द रचनाहिमांशु रायमाझी ‘गोधुली’ को रहेको छ भने एरेन्जमेन्ट रोमन बज्रँचार्यले गरेका छन्।

अस्ट्रेलियाको ब्रिसबेन, गोलकोस्ट लगायतका रमणीय स्थानमा छायांकन गरिएको गीतको म्युजिक भिडियोमा करण गुरुङ र हिलारी रावलले अभिनय गरेका छन्।

म्युजिक भिडियोमा करण र हिलारीलाई विक्रम भण्डारी, स्माइलीश्रेष्ठ र किशोरी विष्टले अभिनयमा साथदिएका छन्। भिडियोकानिर्देशक सुदीप विष्टले एउटा संगीतप्रेमीगितारिस्टको प्रेम कथालाई कलात्मक शैलीमातयार पारेका छन्।

निर्देशक विष्टले नै छायांकन, सम्पादन र कलरिङ गरेका छन्। किरण मगरको कोरियोग्राफी रहेको म्युजिक भिडियो गायकगिरीको युट्युब च्यानलबाट सार्वजनिकगरिएको हो।