कन्हैयाको जन्मदिनको रकमले चन्द्रकलालाई ५१ हजारको पुरस्कार


झन्डै डेढ दशकदेखि अमेरिकामा बसोबास गर्दै आएका गायक तथा संगीतकार कन्हैया सिंह परियारले छोटो समयका लागि नेपाल आएका अवसर पारी लोक गायिका चन्द्रकला शाहलाई आफ्नो नाममा स्थापित पुरस्कारबाट पुरस्कृत गरेका छन्।

मंगलबार राजधानीमा आयोजित एक समारोहबीच संगीतकार तथा नेपाल संगीततथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति शम्भुजित बासकोटा लगायतले ५१ हजार रुपैयाँ नगदसहित गायिका शाहलाई कन्हैया सिंह राष्ट्रिय संगीतकर्मी पुरस्कार–२०७८ बाट पुरस्कृत गरेकाहुन्। नेपाली संगीत क्षेत्रमा साढे चार दशकभन्दालामो समयदेखि निरन्तर योगदान पु-याए बापत गायिका शाहलाई सो पुरस्कारबाट पुरस्कृत गरिएको हो। संगीतकार तथागायक परियारले आफ्नो ५०औं जन्मदिनमा संकलित रकमबाट फजुलखर्च नगरी कन्हैया सिंह राष्ट्रिय संगीतकर्मी पुरस्कार–२०७८ स्थापना गरेकाहुन्।

कार्यक्रममा प्रमुख अतिथि संगीतकार बासकोटाले नेपालीलोक संगीतसिर्जना र भाका संकलनमा गायिका शाहको अतुलनीय योगदान रहेको चर्चा गर्दै यस्ता श्रष्टालाई करारमा काम गरिरहेका बेला रेडियो नेपालले बिना कारण जागिर खोसेर बेरोजगार बनाएको समयमा सिंहले आफ्नो नाममा स्थापित पुरस्कारबाट पुरस्कृत गर्नु प्रशंसनीयकार्य भएको बताए।

‘यस्ताअग्रज श्रष्टालाई सरकारले बेवास्ता गरे पनिनिजी क्षेत्रबाट खोजी खोजी पुरस्कृत र सम्मानितगर्नुपर्छ’ बासकोटाको भनाइ थियो। टीका गोपाल डिजिटल एमक्रियसनद्वारा आयोजितकार्यक्रममा पुरस्कृत गायिका शाहले सरकारको पुरस्कार भन्दा निजी क्षेत्रबाट प्राप्तयति ठूलो राशीको पुरस्कार आफ्ना लागि महत्वपूर्ण भएको बताइन्। पुरस्कारको रकमबाट धेरै समयदेखि रोकिएको आफ्ना गीतको पुस्तक प्रकाशन गर्ने गायिका शाहले जानकारी गराइन्।

संगीतकार तथा गायक कन्हैया सिंहले चन्द्रकलाकै गीत सुनेर गाएर आफ्नो बाल्यकाल बितेको स्मरण गर्दै यस्ता श्रष्टालाई आफ्नो नाममा स्थापित पुरस्कारबाट पुरस्कृत गर्न पाउँदा खुसी लागेको बताए। आफ्नो जन्मदिनको खर्च जोगाएर पुरस्कार स्थापना गरी यो वर्षबाट प्रदान गर्न थालिएको र आगामीवर्ष यसलाई निरन्तरता दिने उनले बताए। कार्यक्रममा संगीतकार सन्तोष श्रेष्ठ, गायक तथा अधिवक्ता भीमार्जुन आचार्य, गीतकार माधवराज खरेल लगायतले गायिका शाहको योगदानबारे चर्चा गरेका थिए।