केन्द्रीय र प्रदेश भौतिक मन्त्रीबीच भेटवार्ता

कमलविनायक–नगरकोट सडक सम्पन्न गर्नेबारे छलफल


पुष्कर बुढाथोकी, भक्तपुर ।

भौतिक यातायात तथा पूर्वाधार मन्त्री रेणुकुमारी यादव र बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कृष्णलाल भँडेलबीच कमल विनायक–नगरकोट सडक खण्ड छिटो सम्पन्न गर्ने विषयमा छलफल भएको छ ।

काठमाडौंमा भएको भेटमा तोकिएको समयमा निर्माण व्यवसायीलाई काम सम्पन्न गर्न  निर्देशन दिने विषयमा दुई मन्त्रीबीच गहन छलफल भएको भौतिक पूर्वाधार विकास मन्त्री भँडेलका प्रमुख स्वकीय सचिव समुद्र थापाले जानकारी दिनुभयो ।

तोकिएको समय सीमा भित्र काम सम्पन्न नगरे ठेक्का रद्द गर्ने विषयमा समेत छलफल भएको थापाले जानकारी दिनुभयो ।
भेटवार्तामा भौतिक यातायात तथा पूर्वाधार सचिव रबीन्द्रनाथ श्रेष्ठ, सडक विभागका महानिर्देशक अर्जुनजंग थापा,नेपाली कांग्रेस भक्तपुर क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति जीवन खत्री, निर्माण व्यवसायी महासंघका पूर्व महासचिव रामशरण देउजाको सहभागिता रहेको थियो ।