तामाङ कलाकार संघमा पुरानै समिति


हेटौंडा, (नेस)।

मकवानपुरमा तामाङ कलाकार संघको प्रथम साधारणसभाले पुनः एक कार्यकालका लागि तदर्थ समितिलाई नै दोहो-याएको छ। ११ सदस्यीय कार्यसमितिलाई बढाएर १७जनाको बनाइएको छ भने तीन वर्ष कार्यकाललाई घटाएर दुई वर्ष बनाइएको छ।

मकवानपुर तामाङ कलाकार संघको अध्यक्षमाधीरेन्द्र लामा, उपाध्यक्षमा अनराज तामाङ, महिला उपाध्यक्षमा राधिका स्याङतान, महासचिवमा रवीन्द्र थिङ, कोषाध्यक्षमा माया घलान, सचिवमाविक्रम लुङ्वा र सह–कोषाध्यक्षमा सुजना रुम्बा रहेका छन्। त्यसैगरी, सदस्यमा विमला थिङ, सोयल लामा, साम्तेन लामा, वर्षा लामा, हेमकुमार तितुङ, किशोर लोप्चन, आशराम थिङ, कर्णबहादुर मुक्तान, केशरसिं मोेक्तान र रामबोम्जन छन्।

सल्लाहकार समिति संयोजकमा सानु लामा दोङ तथा सदस्यमा इन्द्रमान पाख्रिन, दीपक मुक्तान, धनबहादुर पाख्रिन, बाबु थिङ, श्यामबहादुर भ्लोन र रमिला घलान छन्। सभा बागमती प्रदेश सरकारकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।