पल र कविताको रोमान्टिक भिडियो


भिनय र मोडलिङसँगै आपत–विपतमा परेकाहरूलाई उनीहरूको घर–आँगनमै पुगेर सहयोग गरी रियल हिरोको छवि बनाएका नायक पल शाह र मोडल कविता राय फिचर्ड म्युजिक भिडियो रिलिज भएको छ।

पिके फिल्मस्द्वारा निर्मित हेरर तिमीलाई बोलको गीतको म्युजिक भिडियो हालै राजधानीमा आयोजित एक समारोहबीच रिलिज गरिएको हो। पललाई लिएर पीके फिल्मस्बाटै निर्मित थारू गीतओ सजनबोलको म्युजिक भिडियोको सफलतापछि हेरेर तिमीलाई बोलको गीतको म्युजिक भिडियो रिलिजगरिएको हो।

गायकशिव परियार र गायिकाअञ्जु पन्तको स्वर रहेको गीत रविमान सिंह बस्न्यातले लेखेका हुन् भने टीका बम्जनले संगीत गरेका हुन्। गीतमा साहस शाक्यको एरेन्जमेन्ट रहेको छ। म्युजिक भिडियोको निर्देशनका जिश श्रेष्ठले गरेका छन्। रोमान्टिक लभस्टोरीका रूपमा तयार पारिएको म्युजिक भिडियोमापल र कवितालाई रोमान्टिक मुडमा प्रस्तुत  गरिएको छ।

फिल्मी शैलीमातयार भएको म्युजिक भिडियोमा पल र कविताको कामसँगै ड्रेस र लोकेसनको तारिफ भएको छ। म्युजिक भिडियो लुम्बिनीमा तीनदिन लगाएर खिचिएको थियो। म्युजिक भिडियो अर्जुन तिवारीले खिचेका छन् भने सम्पादन मिलन विश्वकर्माको रहेको छ।