एमाले प्रतिनिधि छनोट जिल्ला कमिटीले पायो पूर्णता


बैतडी, (नेस) । 

अगामी मंसिरमा हुने १०औँ राष्ट्रिय महाधिवेशनका लागि बैतडीबाट नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाट १५ जना प्रतिनिधि छनोट भएका छन् । छनोट हुनेमा खुला प्रतिनिधितर्फ प्रतिनिधि सभा सदस्य दामोदर भण्डारी, जिल्ला अध्यक्ष सुरेन्द्र बहादुर पाल, सुदूरपश्चिम प्रदेश सांसद लिलाधर भट्ट, मोहन थापा, पुष्कर राज जोशी, जस्वीर बोहरा, भरत मडै र गोरख बहादुर चन्द रहेका छन् ।

यस्तै, महिला प्रतिनिधितर्फ जानकी अवस्थी, जानकी ऐर बम, हेमा कपाडी भट्ट र लिला विष्ट छनोट हुनु भएको छ । दलित प्रतिनिधितर्फ नरेश बिक र धाना पहरी तथा दलित महिला प्रतिनिधितर्फ सरस्वती नेपाली छनोट भएका छन् । एमालेको दशौं महाधिवेशन आगामी मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ ।

यसैबीच, नेकपा एमाले बैतडीको जिल्ला उपाध्यक्षमा रमिल बम र उपसचिवमा सरस्वती नेपालीलाई चयन गरिएको छ ।यसका साथै पार्टीको जनवर्गीय संगठनका जिल्ला अधिवेशनको मितिसमेत तय गरेको छ । जस अनुसार युवा संघको जिल्ला अधिवेशन मंसिर २० गते, अनेरास्ववियुको मंसिर २५ गते, अखिल नेपाल महिला संघको मंसिर २८ गते, नेपाल उत्पीडित जातिय मुक्ति समाजको पुस २ गते र किसान महासंघको पुस ३ गते जिल्ला अधिवेशन गर्न मिति तय गरिएको हो ।