एमालेले छान्यो ३४ महाधिवेशन प्रतिनिधि


मोतीराम तिमल्सिना, काभ्रे ।

नेकपा एमाले काभ्रेले महाधिवेशन प्रतिनिधि छान्न थपिएको समयको अन्तिम दिन महाधिवेशन प्रतिनिधि छनौट गरेको छ । उम्मेदवारी दिएका १ सय ५ प्रतिनिधिबाट सबै क्षेत्र र समुदायको प्रतिनिधित्व हुने गरी सर्वसम्मत रूपमा ३४ जना प्रतिनिधि जिल्लाको तर्फबाट छनौट गरिएको अध्यक्ष अशोक ब्याञ्जुले जानकारी दिनुभयो ।

एमाले काभ्रेले खुल्ला तर्फ अध्यक्ष अशोक ब्याञ्जु, सचिव नारायण पाण्डे, प्रदेश कमिटी सदस्य कुमार थापा, पूर्व राज्य मन्त्री रेशमबहादुर लामा, जिल्ला सदस्य राजन भुर्तेल, बागमती प्रदेशका पूर्व मन्त्री चन्द्र लामा, कञ्चन अधिकारी, विदुर प्रसाद सापकोटा, केशव बडाल, दिलिप तामाङ, चूडामणि गौतम, रामशरण दाहाल, जेनिश लामा, प्रेम लामा, दिलिप घिसिङ, कृष्णबहादुर खुलाल, नकुलप्रसाद पराजुली, राधाकृष्ण बस्ताकोटी, राजकुमार सापकोटा, बेदप्रसाद तिमल्सिना, रिता गौतम ढकाल, श्यामसुन्दर श्रेष्ठलाई छनौट गरेको छ भने महिला तर्फ गोमा भुर्तेल, निर्मला शाही, कमला काफ्ले, गीता बञ्जारा, शान्ता न्यौपाने, विमला शर्मा, सुभद्रा अधिकारी, विमला सापकोटा, भक्तकुमारी लामालाई छनौट गरेको छ समाबेशी तर्फ तेज नेपाली, विष्णु मिजार र गीता सुनारलाई छनौट गरेको छ ।

एमाले काभ्रेले सङ्गठित सदस्यका आधारमा ३४ जना प्रतिनिधि छनौट गर्न पाउने व्यवस्था थियो । जिल्ला समन्वय समिति प्रमुख उद्धव केसी जनफन्टको तर्फबाट यस अघि प्रतिनिधि छनौट भइसक्नु भएको छ भने रामहरी खड्का क्यानाडाको तर्फबाट छनौट हुनु भएको छ ।

केन्द्रीय सदस्य गोकुल बास्कोटा स्वतः प्रतिनिधि हुनुहुन्छ । केही विभाग र जनबर्गिय सङ्गठनका तर्फबाट प्रतिनिधि छनौट भएका छन् । मनोनीत तर्फ पनि काभ्रेबाट संविधान सभा सदस्य रामहरी सुवेदी लगायतको चर्चा छ । नेकपा एमाले काभ्रेमा २२ हजार १ सय ६३ जना सङ्गठित सदस्य छन् ।

९ हजार सङ्गठित सदस्यको सङ्ख्या २२ हजार पुगेपछि केन्द्रीय मापदण्ड र विधान अनुसार महिला, दलित र खुल्लाबाट ३४ जना सहभागी भएका हुन् । एमाले काभ्रेको बुधवार बिहान बसेको पदाधिकारी बैठकले सङ्गठित सदस्यका आधारमा प्रतिनिधिको सङ्ख्या तोकेको थियो ।