सगरमाथा संगित रत्न सम्मान रमिलालाई


काठमाडौं ।

लोक दोहोरीमा रमाउदै आएकी रमिला न्यौपाने अहिले चर्चाको शिखरमा छिन । झण्डै डेढ दशक अघि देखि लोक दोहोरीको क्षेत्रमा आफ्नो भूमिका जमाउदै आएकी न्यौपानेले बिभिन्न बिधामा पुरस्कार समेत पाउदै आएकी छिन । झण्डै ५ सय जति गीतमा स्वर दिएकी न्यौपाने थुपै चर्चित गीत समेत गाएकी छिन ।

कला क्षेत्रलाई नै आफ्नो ब्यवसायिक यात्रा बनाएकी न्यौपानेले पछिल्लो समय यस क्षेत्रमा देखिएको बिकृती र बिसंगतीले यस क्षेत्रलाई बिचलित बनाउने हो कि भन्ने चिन्ता गर्ने गरेकी छिन । उनले अहिले सम्म नाट्याश्वर रत्न सम्मान, सगरमाथा संगित रत्न सम्मान, नाट्यश्वर म्युजिक अवार्ड, सगरमाथा म्युजिक अवार्ड, नेपाली म्युजिक भिडियो अवार्ड, सुन्दरादेवी सन्देश म्युजिक अवार्ड लगायत थुप्रै अवार्डबाट सम्मानित भएकी छिन ।

 

पछिल्लो पटक उनलाई  लोक गायनको क्षेत्रमा सक्रिय रुपमा लागेको भन्दै सगरमाथा संगित रत्न सम्मान २०७८ बाट सम्मानित गरिएको थियो । उनले कला क्षेत्रलाई निरन्तरता दिने हो भने यस्ता सम्मानबाट सम्मानित हुन सकिने धारणा राख्दै लोक संगितप्रति पछिल्लो पुस्ताले देखाएको चासो प्रति उनी खुसी देखिन्छिन ।

सुन्दरादेवी सन्देश म्युजिक अवार्डमा उनले गाएको झम झम दर्कियो पानीबोलको गीतले उत्कृष्ट अवार्ड जितेको थियो । त्यस्तै सगरमाथा म्युजिक अवार्ड २०७६ मा बाडुल्की बोलको गीतबाट सर्बोकृष्ट गायिकाको अवार्ड पाएकी थिईन । उनले तलपरिन्न भन्ने बोलको गीतबाट नेपाली म्युजिक भिडियो अवार्ड २०७५मा सर्बोकृष्ट गायिकाको अवार्ड पाएकी थिईन । उनले बाडुल्की बोलकै गीतबाट नाट्यश्वर म्युजिक अवार्ड २०७७ मा सर्बोकृष्ट गायिकाको अवार्ड हात पारेकी थिइन ।