सवारी साधनमाथि तोडफोड गर्ने १८ ‘विप्लव’ कार्यकर्ता पक्राउ


न्युज अफ नेपाल, दाङ ।

दाङमा नेपाल बन्दका नाममा सवारीमाथि तोडफोड गर्ने ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका १८ कार्यकर्ता पक्राउ परेका छन् । जबरजस्ती बन्द गराउँदै हिँडेका उनीहरुले सवारीमा तोडफोड गर्ने प्रयास गरेका थिए ।

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत गढवा गाउँपालिकाको धानखोला क्षेत्रबाट ११ जना र राप्ती गाउँपालिकाको भालुबाङ क्षेत्रबाट ७ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

यद्यपि शान्तिपूर्ण रूपमा बन्द सफल पार्न खटिएका आफ्ना नेता कार्यकर्तालाई पक्राउ गरिएको जनाएको छ । बन्दकर्तालाई सम्झाइबुझाइ गर्दा पनि जोर जबरजस्ती गर्न खोजेपछि उनीहरूलाई नियन्त्रणमा प्रहरीले बताएको छ ।