२४ घण्टामा ३७७ जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु


न्युज अफ नेपाल, काठमाडौं ।

नेपालमा पछिल्लो २४ घण्टामा ३७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ६ हजार ५०५ जनाको पीसीआर परीक्षणमा ३३९ र २ हजार ६४४ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३८ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट १७० जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।