राष्ट्रपतिसमक्ष आयोगको वार्षिक प्रतिवेदन पेश


काठमाडौं ।

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज आर्थिक वर्ष २०७७-०७८ को वार्षिक प्रतिवेदन पेश गरेको छ ।

राष्ट्रपति भवन, शीतल निवासमा आयोजित कार्यक्रममा आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले नेपालको संविधानको धारा २९४ बमोजिम उक्त प्रतिवेदन पेश गर्नुभएको हो  ।