सुनको मूल्य घट्यो

0
Shares

काठमाडौं, (नेस) ।

नेपाली बजारमा मंगलबार छापावाल सुनको मूल्य प्रतितोला दुई सय रुपियाँले घटेर ९२ हजार ३ सय रुपियाँमा कारोबार भएकोे छ । सोमबार प्रतितोला ९२ हजार ५ रुपियाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ८ सय रुपियाँ रहेको छ । यसको मूल्य सोमबार प्रतितोला ९२ हजार तोकिएको थियो ।

चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रह्यो । चाँदी मंगलबार प्रतितोला एक हजार २५० रुपियाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस एक हजार ८२५ डलरमा कारोबार भएको बताइएको छ ।